नवलपरासी , नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई एक लाख ५० हजार घुससहित आइतबार पक्राउ गरिएको हो । दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपैयाँ र स्रोत नखुलेको ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको हो । आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
नवलपरासी कारागार प्रशासक शाखा अधिकृत घुस रकमसहित पक्राउ


प्रतिक्रिया दिनुहोस्