काठमाडौँ । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै एमालेका मन्त्रीहरुले सरकार छोडेका हुन्। यससँगै नेकपा माओवादी नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ । वर्तमान सरकारलाई अल्पमतमा पारेर सत्ता हत्याउनका लागि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। अब बागमतीमा केन्द्रकै ढाँचामा एमाले र कांग्रेसको सत्ता गठबन्धनको सरकार बन्ने बाटो खुलेको छ।एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए । २० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएका हुन्। अर्थमन्त्री थपलिया भने दुईदिन अघि अर्थात चैत १७ गते नियुक्त भएका थिए।
बागमती प्रदेशका एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा


प्रतिक्रिया दिनुहोस्