उपसभामुख राना चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ असार २०८१, सोमबार
3 Min Read
Aa

काठमाण्डौ, प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना मित्रराष्ट्र चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज सोमबार स्वदेश फर्कनुभएको छ । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्कनुभएको हो ।  स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धीमुलक भएको बताउनुभयो । उहाँले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो बिकासका लागि भैरहेका प्रयासहरुबाट हामीले धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभयो । भ्रमणका क्रममा माननीय उपसभामुखले असार २० गते उक्त फोरमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राख्नुभएको थियो । उहाँले राष्ट्रहरूबिच साझा समृद्धि र विकास एवम् सहकार्यको लागि चीनको प्रयास सह्रानिय रहेको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरु बिच कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पु¥याउने विश्वास पनि ब्यक्त गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गर्नुभयो । चीनियाँ कम्युनिष्ट पार्टी ९ऋएऋ० पार्टीका उपसचिव चेन योङ्ची(म्भउगतथ एबचतथ क्भअचभतचबतथ ऋजभल थ्यलनत्रष्)० लगायत पदाधिकारीसँग भेटवार्ता गर्नु भएको थियो । उक्त भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो । त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।  भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपाली समेत सहभागि हुनुहुन्थ्यो । फोरममा भाग लिन माननीय उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैगरी फोरममा सहभागी हुन चीन जानुभएका राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश र्फकनुभएको छ । उहाँले फोरममा सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ संग भेटवार्ता पनि गर्नुभएको थियो । भेटका अवसरमा निर्वतमान अध्यक्ष तिमिल्सिनाले नेपालको बिकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । यसैगरी नेपालबाट हाइलेज ( घाँस ) , राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल , बीउ , बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array