नेप्से दोहोरो अंकले बृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ असार २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन चार दशमलव ६२ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगबार भने १५ दशमलव ७९ अंकले बढेर २१ सय ५२ दशमलव १४ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले बढेर तीन सय ८० दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय १६ पटकको कारोबारमा एक करोड १६ लाख ६१ हजार दुई सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक तीन दशमलव ९४ अंकले घटेर २५ सय ४४ दशमलव ४६ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि क्रमशः १५ दशमलव ८१, ३५ दशमलव ४८ र नौं दशमलव ५५ अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव शुन्य आठ अंकले बढेर ११ सय ४७ दशमलव २६ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय आठ दशमलव ९९ अंकले बढेर चार हजार चार सय ७० दशमलव ६२ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ५५ अंकले बढेर २६ सय नौं दशमकलव १६ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि २६ दशमलव ५४ अंकले बढेर १० हजार तीन सय २९ दशमलव ३५ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव ६८ अंकले बढेर १० हजार आठ सय ८९ दशमलव १५ अंकमा चढेकोमा लगानी, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् । सामुहिक लगानी कोष समुहको सुचक भने आज स्थिर रहेको छ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ लगानी बृद्धि योजना २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array