स्थानीय सरकारका कार्यकारीलाई पालिका नछाडन निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।
वर्षातको समयमा फैलिन सक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरूले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।May be an image of text

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array