संविधान गतिशील कुरा भएकाले समय अनुकुल संसोधन गर्नुपर्ने : अध्यक्ष केपी शर्मा ओली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील कुरा भएकाले समय अनुकुल संसोधन गर्नुपर्ने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा जारी एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले विकास निर्माण र जनताका आवश्यकतालाई केन्द्र राख्दै भ्रष्टचार रोक्न एमाले कांग्रेस मिलेर सरकार बनाउन लागेको बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउने दिशामा जानुपर्ने भन्दै एमाले र कांग्रेस मिल्दा प्रदेश र संघमा स्थिरता हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले, एमाले र कांग्रेस मिल्दा संविधान अराजकता, अन्योल र अस्थिरतातिर जाने भो भनेर भ्रम फैल्याइएको र निजी तथा दलगत स्वार्थका लागि महिना महिनामा सरकार फेर्ने जस्ता अस्थिर गतिविधि भएकाले मुलुकलाई स्थिरतातिर लैजान एमाले र कांग्रेस मिलेको बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउन आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनिए पनि कसैको नेतृत्वमा आयोग नै बनाउने सहमति कांग्रेससँग भईनसकेको प्रष्ट पार्नुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array