पहिरोले दुई बस बगाउँदा त्रशूलीमा बेपत्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८१, शुक्रबार
1 Min Read
Aa

चितवन, चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए । विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको डिएसपी रिजालले बताए । त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पनि पहिरोले बगाएको डिएसपी । रिजालले जानकारी दिएका छन् । उक्त बसको नम्बर खुलिसकेको छैन । दुबै बसमा गरेर ५० जनाभन्दा धेरै सवार थिए । ‘ती सबै यात्रु नारायणीमा बेपत्ता छन् उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन् । पहिरोले दुबैतर्फ सडक अवरोध भएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्