५९ यात्रु सवार बुद्ध एयरको जहाज अवतरण गर्दा धावनमार्गमा चिप्लियो, सबै यात्रुहरु सकुसल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८१, शुक्रबार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भैरहवा — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।
विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।
बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट साढे ९ बजे उडेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको रूपन्देहीका प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।
उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको छ । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्