अदुआले नापी कार्यालय सर्भेक्षक र लेखापढीलाई घुस लिएको आरोपमा पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिनुभयो ।  महानगरपालिका वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

gorkhapatraonline

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्