खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए ।

‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ उनले भने, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने होइन । रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला सवारी नचलाउने हो ।’ यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन ।

यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताए । त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । हिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्