रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर सामुदायिक विद्यालय समितिको अध्यक्षमा कालीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण ओझा अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहलमा समितिको हिजो भएको २९ औं बार्षिक साधारण सभा तथा अधिवेशनले तिन बर्षका लागि ओझाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीतपुर मा.विका प्रधानाध्यापक हरिकृष्ण अर्याल, सचिबमा कुञ्चिप्वाकल मा.विका प्रधानाध्यापक राजु नेपाल, सह–सचिवमा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक बिमला बस्न्यात, कोषाध्यक्षमा नागार्जुन ठुलागाउँ मा.विका प्रधानाध्यापक अर्जुन फुयाँल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा कालिकाशरण मा.विका प्रधानाध्यापक अनामिका आचार्य र मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार गजुरेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै लेखासमिति संयोजकमा ग्रामसेवा मा.विका प्रधानाध्यापक तेजनाथ आचार्य र सदस्यहरुमा पुरानो गुह्येश्वरी मा.विका प्रधानाध्यापक होमनाथ अम्गाई र धर्म विद्याश्रम आधारभुत विद्यालयका शान्ति बस्नेत चयन हुनुभएको छ ।
यसै बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर सामुदायिक विद्यालय समितिको २९ औं वार्षिक साधारणसभाबाट निर्वाचित हुनुहुने अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु एवम् लेखा समितिका संयोजक तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिनुभएको छ ।
नगरप्रमुखले सामाजिक सञ्जाल मार्फत बधाई दिंदै भन्नुभएको छ”A Good Teacher is a Like a Candle:It’s Consumes Itself to Light the way for Others.”
तारकेश्वर सामुदायिक विद्यालय समितिमा कृष्ण ओझाको नेतृत्वमा नयाँ कार्यसमिति चयन, नगर प्रमुखद्धारा बधाई


प्रतिक्रिया दिनुहोस्