रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा महालेखा परिक्षकको कार्यालयले निर्माण गरेको सुत्र रेभिन्यु सफ्टवेयरबाट राजश्व शंकलन सुरु गरिएको छ ।
आर्थिक बर्ष २०८१/८२ को पहिलो दिन नगरपालिकाले महालेखा परिक्षकको कार्यालयले निर्माण गरेको सुत्र रेभिन्यू सफ्टवेयर मार्फत राजश्व शंकलन सुरु गरेको तारकेश्वर नगरपालिकाको राजश्व शाखा प्रमुख एवं सुचना अधिकारी सागर अर्यालले बताउनुभयो ।
अंशीक रुपमा नगरपालिकाको दुईवटा वडाबाट सुरु गरिएको यस सफ्टवेयरबाट वडा नं ८ ले पहिलो बिल काटेको छ भने वडा नं १ ले पनि सफ्टवेयरबाट राजश्वको बिल काटन सुरु गरेको छ । स्थानीय निकायहरुको राजश्व शंकलनमा एकरुपता र व्यवस्थीत गर्नका लागि सरकारले यो सफटवेयस सबै स्थानीय निकायहरुलाई प्रयोगमा बाध्यकारी बनाएको छ ।
तारकेश्वर नगरपालिकामा २०७५ साल देखि निजी कम्पनी साँग्रीलाले निर्माण गरेको सफ्टवेयरबाट राजश्व शंकलन हुंदै आइरहेको थियो । काठमाण्डौं महानगरपालिका, तारकेश्वर, टोखा सहित देशका अधिकंस स्थानीय निकायहरुले निजी कम्पनीले निर्माण गरको सफ्टवेयर मार्फत राजश्व शंकलन गदै आइरहेका छन् ।
राजश्व शाखा प्रमुख अर्यालले तारकेश्वर नगरपालिकाका अन्य वडाहरुमा पनि महालेखाको सफटवेयरबाट राजश्व शंकलनका लागि वडाहरुको लगइन र पासवर्डहरु तयार भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले अहिले अंशीक रुपमा यस सफ्टवेयरलाई प्रयोग गर्ने छौं, बिगत ७ बर्ष देखि साँग्रीलाको सफ्टवेयरमा नगरपालिकाका धेरै डाटाहरु रहेकाले महालेखाले सो डाटालाई आफ्नो सफ्टवेयरमा प्रबिष्ट गरेपछि हामीले पूर्ण रुपमा यहि सफ्टवेयर मार्फत काम अगाडी बढाउन सक्ने छौं”
तारकेश्व नगरपालिका सहित छिमेकी टोखा नगरपालिको समेत हिजो दखि राजश्व शंकलनका लागि महालेखाको सफ्टवेयरनै प्रयोगमा ल्याएको छ । टोखा नगरपालिकाले सफ्टवेयर प्रयोगका लागि राजश्व सम्बन्धी सेवानै बन्द गरेर काम अगाडी बढाएपनि तारकेश्वरले भने अंशीक रुपमा दुईवटा वडाबाटकाम सुरु गरेर राजश्व शंकलनलाई निरन्तरता दिएको छ ।
तारकेश्वरमा हिजो देखि महालेखाको सफ्टवेयरबाट राजश्व शंकलन सुरु, वडा नं ८ ले काट्यो पहिलो बिल


प्रतिक्रिया दिनुहोस्