सिमलताल पहिरो : मधेश प्रदेश सरकारले मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ श्रावण २०८१, बुधबार
1 Min Read
Aa

महेन्द्रनगर (धनुषा),  मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो ।

“दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भन्नुभयो, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो । रासस

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्