अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध : बंगलादेशको ढाकास्थित नेपाली राजदूतावास

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ श्रावण २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।बंगलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको हो । आन्दोलनका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूतावासले बुधबार जारी गरेको सूचनामा भनिएको छ, “बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।”कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न भनिएको छ । अवस्था प्रतिकूल भएका दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गरी सहयोग माग्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्