१९ प्रतिशत नेप्से बढदा उल्टै १६ प्रतिशत भाउ घटने यो हो गजबको कम्पनी, बजार बढदा पनि भाउ नबढेका यि हुन पाँच कम्पनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । नेप्से परिसूचक १९ प्रतिशतले वृद्धि हुँदा पनि केही कम्पनीहरु भने साइडवेजमै वा कुनैको वृद्धिदर भने नकारात्मक देखिएको छ । मैलुङखोला जलविद्युत कम्पनी असार १६ गते ६ सय ९८ रुपैयाँमा अन्तिम कारोबार भएकोमा झन्डै १८ दिनको नेप्सेको बढाई उल्टो १५ दशमलब ९७ प्रतिशतले घटेर साउन ३ गते ५ सय ८६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भयो । कम्पनीको संस्थापक शेयरको ३ वर्षीय लकिङ पिरियड निकट भविष्यमै खुल्न लागेको हुँदा शेयर मूल्यमा गिरावट आएको हो । कम्पनीले नेप्सेमा पठाएको सूचना अनुसार साउन २६ गते कम्पनीको लकिङ पिरियड सकिनेछ । त्यसपछि संम्पूर्ण संस्थापक शेयरलाई पनि सर्वसाधारण सरह नै कारोबार गर्न सकिने प्रावधानले सप्लाई बढ्न जाने आँकलनमा मूल्य घट्न गएको हो ।

उच्च अंकले नेप्सेमा वृद्धि जारी रहँदा पनि बढ्न नसकेको अर्को कम्पनी मनकामना स्मार्ट लघुवित्त हो । गत असार १६ गते १२ सय १९ रुपैयाँमा कारोबार भएको कम्पनी बिहीबार बजार बन्द हुँदा ४ दशमलब १७ प्रतिशतले घटेर ११ सय ६९ रुपैयाँमा अन्तिम कारोबार भयो । त्यसैगरी युनाइटेड इडी मार्दी आरबी हाइड्रोपावर पनि नेप्सेको लयसँगै लय मिलाएर अगाडि बढ्न नसकेको शेयर हो । हिमालयन लघुवित्त र उन्नति सहकार्य लघुवित्त भने बजार १९ प्रतिशतले बढ्दा समेत झिनो अंकले मात्रै शेयर मूल्य बढेको कम्पनीमा पर्दछ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्