काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आ.व २०८०/०८१ मा १०१ जनप्रतिनिधि र ४४ प्रमुख प्रशासकिय अधिकृत सहित ५२४ जना कर्मचारीहरु माथी भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
अदालतमा दायर आरोपपत्रहरुबाट ८ अर्ब ३५ करोड, १२ लाख, ९८ हजार १ सय ४२ रुपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ । रंगेहात कारबाहीमा पर्नेको संख्या ३१ रहेको छ भने रंगेहात कारबाहीमा पक्राउको संख्या ४४ रहेको अख्तियारले जनाएको छ । विशेष अदालतको फैसला चित्त नबुझेर अख्तियारले ९२ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा अख्तियारले मुद्दा चलाएकामध्ये स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसहित ४ सय ३४ जना रहेका छन् । अख्तियारले विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूलाई मुद्दा चलाएको हो ।अख्तियारले मुद्दा चलाउनेमा ११ जना नगरपालिकाका प्रमुख रहेका छन् भने ८ जना गाउँपालिकाका अध्यक्षसमेत छन् । यसैगरी ४४ जना प्रमुख प्रशासकीय अधिकृतमाथि भ्रष्टाचारको मुद्दा चलेको छ । जसमा ११ जना निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । ६ जना वडा अध्यक्षहरु माथी पनि अख्तियारले भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दा चलाउनेमा महानगरपालिका, उपमहानगरपालिका कर्मचारीसमेत छन् । अख्तियारले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी, गैर कानुनी लाभ तथा हानी, नक्कली शैक्षिक प्रमाणपत्र, घुस रिस्पत, गैर कानुनी सम्पत्ति आर्जन, राजस्व चुहावट, प्रतिकुल बकपत्र गरेको, सरकारी कागजात सच्चाउने एवं गलत लिखत तयार, गलत प्रतिवेदन तयार लगायतका विषयमा मुद्दा चलाएको हो । अख्तियारका अनुसार एउटै व्यक्तिलाई फरक मुद्दामा पनि मुद्दा चलाइएको छ ।
अख्तियारले मुद्धा चलाएका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु
ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, विश्वराज मरासेनी, कृष्ण प्रसाद जैसी समेत ९ जना विरुद्ध २०८१ जेठ २१ मा मुद्दा दर्ता भएको छ ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अय प्रकाश, उपप्रमुख रठता देवी, प्रमुख प्रशासकीय अधिकृत टराम प्रकाश साह सहित ११ जना विरुद्ध २०८१ असार २० मा मुद्दा दर्ता भएको छ ।
सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल सहित ६ जना विरुद्ध २०८१ जेठ २९ मा मुद्दा दर्ता भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोशी धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही सहित ९ जना विरुद्ध २०८१ असार २३ मा विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत सहित १४ जना विरुद्ध २०८१ जेठ २८ मा मुद्दा दर्ता भएको छ । यसै गरी प्रमुख प्रशासकीय अधिकृत कुसियैत सहित ८ जना विरुद्ध २०८१ असार २१ मा मुद्दा दर्ता भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल समेत १२ जना विरुद्ध २०८१ वैशाख २७ मा अदालतमा मुद्दा दर्ता भएको छ ।
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह समेत ६ जना विरुद्ध २०८१ वैशाख १४ मा मुद्दा दर्ता भएको छ ।
कालिकोटको महावै गाउँपालिकाका उपाध्यक्ष मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेत ९ जना विरुद्ध २०८१ वैशाख १३ मा मुद्दा दर्ता भएको छ ।
सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा विरुद्ध २०८० चैत २८ मा मुद्दा दर्ता भएको छ ।
कालिकोटको पताँला गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा सहित ८ जना विरुद्ध २०८० चैत २७ मा मुद्दा दर्ता भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिकाका नगर प्रमुख गङ्गा पासमान, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, बुद्धिमान दनुवार समेत ५ जना विरुद्ध २०८० चैत १४ मा मुद्दा दर्ता भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल समेत १० जना विरुद्ध २०८० चैत ५ मा मुद्दा दर्ता भएको छ ।
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही समेत ९ जना विरुद्ध २०८० चैत १ मा मुद्दा दर्ता भएको छ । दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र समेत १२ जना विरुद्ध २०८० फागुन २७ मा अदालतमा मुद्दा दर्ता भएको छ ।
महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारी सहित १० जना विरुद्ध २०८० फागुन २७ मा मुद्दा दर्ता भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कुमार के.सी. समेत ११ जना विरुद्ध २०८० फागुन २३ मा मुद्दा दर्ता भएको छ ।
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलालाई, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही समेत ८ जना विरुद्ध २०८० फागुन २२ मा मुद्दा दर्ता भएको छ ।
धनुषाको शहीदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार यादव, तत्कालीन उपप्रमुख शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव सहित ९ जना विरुद्ध २०८० फागुन २० मा मुद्दा दर्ता भएको छ ।
हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे सहित ११ जना विरुद्ध २०८० फागुन १६ मा मुद्दा दर्ता भएको छ । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही सहित ७ जना विरुद्ध २०८० फागुन १० मा मुद्दा दर्ता भएको छ ।
सुनसरीको रामधुनी नगरपालिकाका नगर उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने सहित ९ जना विरुद्ध २०८० मंसिर ११ मा मुद्दा दर्ता भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल सहित ४ जना विरुद्ध २०८० कार्तिक १६ मा मुद्दा दर्ता भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्का विरुद्ध २०८० असोज २१ मा मुद्दा दर्ता भएको छ । रोल्पाको गङ्गादेव गाउँपालिकाका उपाध्यक्ष रीता घर्ती, प्रमुख प्रशासकीय अधिकृत सकल देव यादव सहित १३ जना विरुद्ध २०८० असोज १७ मा मुद्दा दर्ता भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी सहित ४ जना विरुद्ध २०८० असोज १० मा मुद्दा दर्ता भएको छ । बाराको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव सहित ३ जना विरुद्ध २०८० भदौ १९ मा मुद्दा दर्ता भएको छ ।
सपतरीको बादेबसाईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव सहित ८ जना विरुद्ध २०८० भदौ १३ मा मुद्दा दर्ता भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बहादुर विष्ट सहित १० जना विरुद्ध २०८० भदौ १२ मा मुद्दा दर्ता भएको छ ।
८ जना वडाध्यक्षमाथि पनि भ्रष्टाचार मुद्दा
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्ण तामाङ सहित २ जना विरुद्ध २०८१ असार २० मा मुद्दा दर्ता भएको छ ।
मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइँटेल सहित ७ जना विरुद्ध २०८१ जेठ ३२ मा मुद्दा दर्ता भएको छ ।
सल्यानको शारदा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टोप बहादुर थापा विरुद्ध २०८० फागुन ३० मा मुद्दा दर्ता भएको छ ।
बाराको पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादव सहित ४ जना विरुद्ध २०८० फागुन २४ मा अदालतमा मुद्दा दर्ता भएको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश बादे विरुद्ध २०८० माघ २६ मा मुद्दा दर्ता भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्री विरुद्ध २०८० माघ २४ मा मुद्दा दर्ता भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक वडा सदस्य दिलावर कवडिया विरुद्ध २०८० भदौ १२ मा मुद्दा दर्ता भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्ष तिलकराम कँडेल सहित ३ जना विरुद्ध २०८० भदौ १ मा मुद्दा दर्ता भएको छ ।
यी हुन् भ्रष्टाचार मुद्दा लागेका कर्मचारी
डडेलधुराको आलिताल गाउँपालिका प्रशासन सहायक चौथो (खरिदार) मेख राज जोशी विरुद्ध २०८१ असार २३ मा अदालतमा मुद्दा दता भएको छ ।
पोखरा महानगरपालिकाका इन्जिनियर, सवइन्जिनियर र कन्सल्टेन्सी शिव प्रसाद बराल समेत ३ जना विरुद्ध २०८१ वैशाख २० मा मुद्दा दर्ता भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दर्गा प्रसाद भट्टराई विरुद्ध २०८१ वैशाख २० मा मुद्दा दर्ता भएको छ ।
कपिलवस्तुको महासाजगंज नगरपालिका वडा नं. २ का वडाध्यक्ष उजेर अलि विरुद्ध २०८१ वैशाख १७ मा मुद्दा दर्ता भएको छ । बुढानीलकण्ठ नगरपालिकाका सवइन्जिनियर टिकाराज राई सहित २ जना विरुद्ध २०८० पुस २४ मा मुद्दा दता भएको छ ।
चन्द्रागिरि नगरपालिकाका सवइन्जिनियर विजया लक्ष्मी पन्त विरुद्ध २०८० पुस २२ मा मुद्दा दर्ता भएको छ । रामेछापको मन्थली नगरपालिकाका वडा सचिव शिव कुमार महतो सहित २ जना विरुद्ध २०८० मंसिर ८ मा मुद्दा दर्ता भएको छ ।
स्याङ्जाको चापकोट नगरपालिकाका सिनियर अ.हे.व. विन्दु कोइराला विरुद्ध २०८० असोज १७ मा मुद्दा दर्ता भएको छ । कपिलवस्तुको कृष्ण नगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिर अहमद समेत ३ जना विरुद्ध २०८० साउन २३ मा मुद्दा दर्ता भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल विरुद्ध २०८० साउन १९ मा मुद्दा दर्ता भएको छ । महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत विरुद्ध २०८० साउन १५ मा मुद्दा दर्ता भएको छ ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका इन्जिनियर (करार) अरविन्द कुमार यादव विरुद्ध २०८० साउन १५ मा मुद्दा दर्ता भएको छ । कोटहीमाइ गाउँपालिकाकै सामाजिक परिचालक गौस मोहम्मद तैली विरुद्ध २०८० साउन १४ मा मुद्दा दर्ता भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको उपभोक्ता समितिका पदाधिकारी लक्ष्मण अधिकारी सहित ४ जना विरुद्ध २०८० पुस १२ मा मुद्दा दर्ता भएको छ । मोरङको सुन्दरहरैचाका यादव रिजाल विरुद्ध २०८० फागुन ९ मा मुद्दा दर्ता भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका खीलेन्द्र सिंह जी.सी विरुद्ध २०८० पुस ११ मा मुद्दा दर्ता भएको छ । २०८० असोज १४ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ज्ञानहरि लामा र दैलेखको नैमुले गाउँपालिकाका देव बहादुर थापा विरुद्ध मुद्दा दर्ता भएको छ ।
२०८० असोज १२ मा बाराको बारागढी गाउँपालिकाका नबि अख्तर मियाँ धोबी र दोलखाको शैलङु्गेश्वर गाउँपालिकाका कल्याणी सुवेदी विरुद्ध मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया दिनुहोस्