प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएको उद्योगमा तत्काल लाइन जोड्न कुलमान घिसिङलाई निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन काटिएको उद्योगमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् ।उद्योगमन्त्री दामोदर भण्डारी, उर्जामन्त्री दिपक खड्का, कार्यकारी निर्देशक घिसिङ र पिडितको तर्फबाट उद्योगीहरु पशुपति मुरारका र अमित मोर सहभागी छलफलमा प्रधानमन्त्री ओलीले कुनैपनि बाहना नगरी लाइन जोड्न भनेका हुन् । विद्युत सम्बन्धी विवादहरु मन्त्रीपरिषदबाट मिलाउदै जाउँला, ओलीले कार्यकारी निर्देशक घिसिङलाई भने, अहिलेलाई बिजुली जोडिदिनु । प्राधिकरणले एक साता अघिबाट लाल आयोगको प्रतिवेदनलाई लत्याउँदै विभिन्न उद्योगमा लाइन काटिदिएका थिए ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्