काठमाडौं, बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् । परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले सो जानकारी दिनु भएको हो । उहाँका अनुसार हालसम्म झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडेका छन् ।बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको छ । बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ । नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको छ । साथै परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिनुहुन अभिभावकसँग अनुरोध गरेको छ ।
बङ्गलादेशमा हिंसा चर्किएपछि आठ सय विद्यार्थी नेपाल फर्के, अनलाइन निवेदन दिनुहुन अभिभावकसँग अनुरोध


प्रतिक्रिया दिनुहोस्