१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ श्रावण २०८१, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । श्रावण ६ । तारकेश्वर नगरपालिकाको नवनिर्मीत प्रशासनिक भबन उदघाटन गरिएको छ । उपप्रधानमन्त्री एव शहरी विकास मन्त्री प्रकाशमान सिंह र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज संयुक्त रुपमा भबनको उदघाटन गर्नुभएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीमा निर्माण भएको उक्त भबन ६ रोपनी १ आना क्षेत्रफलमा फैलिएको छ । जिल्ला समन्वय समिति काठमाण्डौंको १० करोड र तारकेश्वर नगरपालिकाको ७ करोड १ लाख ५० हजार गरि कुल १७ करोड १ लाख ५० हजार रुपयाँको लगानीमा भबन निर्माण भएको हो ।

May be an image of 9 people, dais and text
नवनिर्मीत भबनको उदघान गदै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आधुनीक भबनको उदघाटनसंगै जनतालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
तारकेश्वरमा नयाँ नेतृत्वसंगै विकासका कामले तिब्रता पाएको बताँउदै उपप्रधानमन्त्री सिंहले परम्परा र सम्पदालाई जोगाएर मात्र विकासका कार्य गर्न नगरपालिकालाई सुझाब दिनुभयो ।
जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकार भनेको स्थानीय सरकार रहेको बताँउदै उपप्रधानमन्त्री सिंहले स्थानीय सरकारलाई सु–व्यवस्थीत गदै जनताका दुखेसोहरुलाई अन्त्य गर्नका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताँउदै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताउनुभयो ।

May be an image of 1 person, dais and text
कार्यक्रममा संविधान सभा सदस्य एवंं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले तारकेश्वर नगरपालिका क्षेत्रमा बस्ती विकास भइरहेको बताँउदै तारकेश्वर नगरपालिकालाई व्यवस्थीत शहर बनाउन योजना सहित लाग्न नगरपालिकालाई सुझाब दिनुभयो ।
नेता प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहज रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । तारकेश्वर नगरपालिमा बिजयी भएर आएसंगै गरिएका प्रतिबद्धता पुरा गराउनका लागि नगरपालिका लागि परेको बताँउदै नगरप्रमुख महर्जनले आफुले गरेको प्रतिबद्धता कार्यकालभरी पुरा गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

May be an image of 6 people, flute and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाबाट भएका काम कारबाहीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

May be an image of 4 people, temple, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख रामेश्वर बोहराले नगरपालिकाको नवनिर्मीत भबन जस्तै प्रशासनीक क्षेत्रमा पनि सुधार गरेर अगाडी बढन सुझाब दिनुभयो ।
नगरपालिकाको विकासमा जनप्रतिनिधि र कर्मचारीको भुमिका महत्वपुर्ण रहने बताँउदै पुर्व नगरप्रमुख बोहराले कानुनको उल्लंघन नहुने गरी व्यवहारीकतालाई कानुनमा ढालेर नगरपालिकाको हितमा काम गर्नका लागि कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो “कर्मचारीहरुले जिम्मेवारीको कुर्सीमा बस्दा टेबलमा किताब राखेर पढेर काम गर्नुहुन्छ । जनप्रतिनिधिहरुले चाँही जिम्मेवारीको साथै व्यवहारको पिर्का पनि राखेर कुर्सीमा बसेको हुन्छ । कानुनको किताब मात्र पल्टाएर व्यवहारका कुरा नहेरीदिने हो भने त्यो अन्दरो बन्दरो हुन्छ । त्यसैले कानुनलाई उल्लघ नहुने गरी व्यवहारीकतालाई कसरी कानुनमा ढालेर लैजाने भनेर समन्वय गरेर काम गर्नका लागि म कर्मचारीहरुलाई अनुरोध गर्दछु ”
कार्यक्रममा बिभिन्न स्थानीय निकायका प्रमुख, उपप्रमुख, राजनैतिक दलका नेताहरु लगायत जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 1 person, temple and text that says 'संयुक्त समेदारीमा तारकेशवरनवरपादिक करोड लास जिल्ला समन्चरा समिति काठमाडोंको 90 करोड रजिल्ला समाच्यय समिति काठबा्डीकरा शारकेश्वर शारयकेगरतवरपलिकाठोस वहरलिकाको ह৭ करोड लासना तारकेश्वर करपालिकाको प्शासनीक भवन निर्ाण सम्पन्न भयो श्री कृष्ण हरि महर्जन नगर प्रमुख सृजना बुरलाकोटी अर्याल नगर उप-प्रमुख यडा अध्यकष uka बडात. ्ीविटर लापकोटा हाधकष्ण प्रक्त्ता) परश्राम अर्ययाल नरेन्द्र शदास फुऱाल डेय्छ श्री सानुकाजी खत्री शयानकृष्ण सापकंटा स्यामकृष्ण महजन 90 १५ बडा कविराज बस्नेल कायपालकारदर्य सदस्य वडा 90 अস्ज वस्नंत মাংকা मोजि्सक्ताहि निगार राज्ता घवल्या 99 दाडे, 90 अशोक मग्राती गिततापरियार सुन्तली परयार মত্ার पडा सदस्य शिमिरे आपंकरी दिशाव महालक्ष्मी कापले परियार माहुन सुदिप पिमिरे (जि लदनी अधिकारी'

ghhg

May be an image of 5 people and text

May be an image of 8 people, dais and text

May be an image of 5 people, temple and text

May be an image of 4 people, temple, dais and text

May be an image of 8 people

May be an image of one or more people

fgfg

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्