काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १८८ मत र विपक्षमा ७४ मत र तटस्थमा १ मत परेको छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन् । संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् । संसद बैठकमा २६३ जना सांसदको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आइतबार प्रतिनिधिसभा बैठकमा सांसदको विश्वासको मत प्राप्त गरेपछि अभिवादन गर्दै । तस्बिर : किरणराज विष्ट/रासस


प्रतिक्रिया दिनुहोस्