बालकुमारी घटनामा निलम्बीत डीएसपी र असई को निलम्बन फुकुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।
इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन् ।
घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरिरहेको बेलामा प्रदर्शन स्थलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको आयोगको निष्कर्ष छ । मन्त्री ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्