बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि भड्कियो हिंसा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ ।  बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ। हालै हिंसामा परेका पीडितलाई पीडितलाई न्यायको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएपछि पुनः हिंसा भड्किएको हो। उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए। राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्। यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ। प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा समेत लिएको छ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्