रकमको अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै काठमाडौंमा प्रदर्शन

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८१, आईतवार
1 Min Read
Aa

रकम अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ  । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा निस्किएका हुन् । सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् । स्थापितको मृत्युलाई हत्या भएको भन्दै उनीहरूले भनेका छन्, ‘निमुखा पीडितलाई औषधि उपचार पनि गर्न नपाई मर्नु पर्ने ? सहकारी पिडितलाई एक एक गरि मर्दै जानेछन् ।’ स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ । संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो । कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्