युवाहरू निराश हुनुपर्ने अवस्था छैन : मन्त्री हरिप्रभा खड्गी

Sagarmatha Post
Sagarmatha Post २८ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

 ललितपुर ।  बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो । उहाँले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बत्ताउनुभएको हो ।

विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ छ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन, हामीले आफ्नो अवस्था अनुसार आफूलाई ढाल्नुपर्छ, सामुदायिक विद्यालयका शिक्षाको स्तर गुणस्तरीय बनाउन हामी लागेका छौँ, अवस्था सुदृढ हुन्छ। तसर्थ नेपालका काम गर्नका लागि अवसर छ, युवाहरू निराश हुनुपर्ने अवस्था छैन। उहाँले भन्नुभयो ।

उहाँले बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिएको, धेरै कार्यविधि बनाएको छ भन्दै यसलाई उपयोग गर्न आग्रह गर्नुभयो , बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै १३ वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता जनाउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्