ठगी र भ्रष्टाचार अपराधमा संलग्न व्यक्ति नै समाजको अगुवा बन्ने प्रवृत्ति निरुत्साहित गर्न सदाचार नीति आवश्यक

Sagarmatha Post
Sagarmatha Post २९ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवद्र्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा छलफल गरेको छ । सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसीयाले शासन पद्धतिमा बस्ने व्यक्तिहरूमा सदाचार नभएकै कारण देशमा चरम निराशा बढेको भन्दै सदाचार नीति आवश्यक रहेको बताउनुभयो ।  कानुन मन्त्री चौरसीयाले ठगी र भ्रष्टाचार जस्ता अपराधमा संलग्न व्यक्ति नै समाजको अगुवा बन्ने प्रवृत्ति निरुत्साहित गर्न सदाचार नीति कार्यान्वयन गरी सुशासन प्रवद्र्धन गर्नुपर्ने  बताउनुभयो ।

छलफलमा सांसदहरुले नैतिक शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने, समाज र परिवारमा कलह हुने बुँदालाई नीतिबाट हटाउनुपर्ने, यस नीतिले वित्तीय क्षेत्र तथा धार्मिक सङ्घसंस्थालाई पनि जोड्नुपर्ने बताउनुभयो । सांसदहरुले उत्पीडितलाई ध्यान दिई सामाजिक न्यायका आधारमा काम गर्नुपर्ने भन्दै राष्ट्रिय स्तरमा राजनीतिक नेतृत्वले नीति बनाउन प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्