नेप्से : नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५  अंकले बढेर ३०००.८१ बिन्दुमा

Sagarmatha Post
Sagarmatha Post ३१ श्रावण २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । सोमबार २७ अर्ब २४ करोड रुपियाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ। गत सोमबारको शेयर बजार कारोबारमा २७ अर्ब २४ करोड रुपियाँ कारोबार भएकोमा बिहीबार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५  अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ।साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर ३००० बिन्दुभन्दा माथि पुगेको हो।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंकले बढेको छ। बिहीवार कारोबारमा आएका ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।गत सोमबार उक्त कारोबार रकम २७ अर्ब २४ करोड रुपियाँ बराबरको रहेको थियो। १३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ५.६५ प्रतिशत बढेको छ।त्यस्तै, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।तर कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ ।

बिहीबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।जसमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।बिहीबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्