डाेटी । डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ समूहगाडमा आज ( शुक्रबार ) बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना.पा ख ४४५१ नम्बरको बस बिहान करिब ५ बजे दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईकारअनुसार जसमध्ये ९ जना घाइते भएका छन् भने ८ जना सामान्य घाइते भएका छन् । घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको र घाइतेहरूको उपचार दिपायल सुजङ अस्पतालमा भैरहेकाे भट्टराईले बताउनुभयो । प्रहरीकारअनुसार घाइतेहरूको नाम थर खुल्न आउन बाँकी छ । बस सडकबाट २५/ ३० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो ।
डाेटी समूहगाडमा बस दुर्घटना चालकसहित १७ जना यात्रु घाइते


प्रतिक्रिया दिनुहोस्