गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

Sagarmatha Post
Sagarmatha Post १ भाद्र २०८१, शनिबार
1 Min Read
Aa
प्रेमचन्द्र झा
राैतहट । ग्रामीण उधम तथा  आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शुक्रबार  शिलान्यास गरिएकाे छ ।  ग्रामीण उधम तथा  आर्थिक विकास परियोजना काठमाडौ को आर्थिक सहयोग दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे साे तीन तत्ले भवनकाे गाैर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्र काे एक कार्यक्रम बिच शुक्रबार  शिलान्यास गरेका हुन ।  सो कृषि प्रयाेगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण ,बाली तथा फलफुलमा लाग्ने राेग किराको परिक्षण, मलखाद परिक्षण हुने छ ।
पशु प्रयोगशालाबाट गाेबर परिक्षण ,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया , कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड ,एक्स-रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए । साे भवन निर्माणका ठेक्का समझाैता सिएम कन्ट्रकसन जाेरपाटी काठमाडौं ले पाएका छन ।  सो भवनका लागि दुई करोड ३० लाख ४०हजार रुपैयाँको समझाैता गरिएको हो ।
सो प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ ।  । उक्त  भवनको भुई तत्लामा कृषि र पशुकाे  अत्याधुनिक ल्याव, पहिलाे तत्लामा ५० जना अटने सभाकक्ष र दाेस्रो तत्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्