भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भयको छ । अपराह्न १ बजे बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउनु भएको हो ।आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो । एमाले–कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उहाँलाई एमाले र काँग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणलाई विश्वास मत प्राप्त


प्रतिक्रिया दिनुहोस्