प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने : गृहमन्त्री रमेश लेखक

Sagarmatha Post
Sagarmatha Post ६ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने बताउनु भएको छ । गृहमन्त्री लेखकले जनकपुरधाम विमान स्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा ढुक्क रहनका लागि आग्रह गर्नु भयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको बताउँदै त्यसै अनुसार सरकारले कामकाज गरिरहेको बताउनु भयो । एक प्रश्नको जवाफमा वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेको बताउँदै गणतन्त्रको विरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषयमा कुनै सत्यता नभएको बताउनु भयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्