बाल संरक्षणसम्बन्धी एकीकृत कानुन जरूरी : उपसभामुख राना

Sagarmatha Post
Sagarmatha Post ६ भाद्र २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेका बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताउनुभएको होे ।  ‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ’,उहाँले भन्नुभयो  दृष्टिविहिन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उहाँको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराउनुभयो ।

उपसभामुख रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने र यसले आदिवासी जनजाति सममदायको जिविकोपार्जन र समृद्धिमा मद्दत पु¥याउँछ भन्नुभयो । नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आँफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उपसभामुख रानाले एकता जरूरी रहेको बताउनुभयो । आवश्यक पर्दा आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।आदिवासी जनजाति समुदायले शिक्षालाई जोड दिएर नेतृत्वमा आउन प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निर्वाह  गर्न सक्षम हुनुपर्ने उपसभामुख रानाले सुझाब दिनुभयो ।

कालीगण्डकी करिडोर सडक सुन्दर रहेको तर ठाउँ ठाउँमा पहिरोले भत्केको भन्दै सुधारका लागि आफूले अर्थमन्त्री विष्णु पौडेलसँग पहल गर्ने उनले प्रतिबद्धता पनि जनाउनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघका अगुवाले क्षेत्रका समस्याहरूको बारेमा मागपत्र बुझाएका थिए ।

समाप्त भदौ

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्