आँबुखैरेनी बस दुर्घटना : २७ जनाको मृत्यु, १६ घाइतेको काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा हुँदै

Sagarmatha Post
Sagarmatha Post ७ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

तनहुँ, तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरो भन्ने ठाउँमा भएको बस दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये १६ जनाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा परेको हो । भारतीय राजदूतावासका अधिकारीहरू आँवुखैरेनी अस्पताल आइपुगेका छन् । उनीहरूका आफन्त र दूतावासका कर्मचारीमार्फत शवको सनाखत भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्