बाल संरक्षणसम्बन्धी एकीकृत कानुन जरूरी छ : उपसभामुख राना

Sagarmatha Post
Sagarmatha Post ८ भाद्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताउनुभएको छ । लायन्स अन्तराष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाण्डौमा भएको  संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा  बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताउनुभएको हो । ‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ ।’ उहाँले भन्नुभयो ।

दृष्टिविहिन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उहाँको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराउनुभयो ।उहाँले बालबालिकाका लागि सबैभन्दा प्यारो आफ्ना बाबुआमाको माया र ममता आवश्यक भएको बताउनुभयो । आफ्ना बाबु आमाको मायाले नै बालबालिकाले ब्यक्तित्व बिकास गर्न सक्ने र गलत बाटोमा जानबाट रोक्न सकिन्छ उहाँको भनाई थियो ।

लायन्स क्लबहरुको सामाजिक सेवा भावले आफुँ जहिल्यै प्रभावित भएको बताउँदै सामाजिक सेवा जस्तो ठुलो धर्म र पुण्यको काम अरु हुनै नसक्ने उहाँले बताउनुभयो । सबै सामाजिक संस्थाहरुले आफ्नो संस्थागत कामहरु पारदर्शी र सेवा भावका रुपमा काम गर्न आग्रह गर्दै सामाजिक क्षेत्रमा काम गर्दा कहिल्यैकाँही अपजस आउन सक्ने खतरालाई त्यसले चिर्छ भन्नुभयो । जेलमा रहेका बाबुआमाका सन्तानलाई बैधानिक रुपमा र प्रकृया पुर्याएर आफुँले संरक्षण र शिक्षा दिक्षा दिदा मानव तस्करको झुटो आरोप लगाएको बताउँदै उहाँले जुन बालबालिका बेचिएको भनिएका छन उनीहरु नेपालका राम्रा कलेजमा उच्च शिक्षा लिइरहेको अवस्थामा भेटिएका छन, यो नै आरोप लगाउनका लागि झापड हो भन्नुभयो ।

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्