साफ यू-२० च्याम्पियनसिप खेलमा नेपाल भुटानविरुद्ध भिड्दै

Sagarmatha Post
Sagarmatha Post ९ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज (आइतबार) घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ । नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन । पछिल्लो समय नियमित प्रशिक्षणमा रहेको भुटानी युवा टोली निकै लयमा छ ।

नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा भारतसँग २–१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । भुटान भारत र मालदिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्