नारायणगढ -मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा १५ जना भन्दा बढी घाइते

Sagarmatha Post
Sagarmatha Post ९ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

नारायणगढ, नारायणगढ -मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा घाइतेको संख्या १५ जना भन्दा बढी पुगेको छ ।  महेन्द्रनगरबाट  काठमाडौँ जाँदै गरेको सु.प्र.प्र. ०२—००१ ख १३३२ नम्वरको बस  आइतबार बिहान ७.१५ बजे सडकको घुमाउनेमा दुर्घटना हुँदा घाइते भएका हुन् । उनीहरूलाई अहिले उपचारकाे लागि चितवन मेडिकल कलेज ल्याई पुर्याइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन्  सडकमै बस पल्टिएर दुर्घटना भएको बताइएकाे छ  ।

gorkhapatraonline

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्