‘बोरा’ले हात पार्‍यो : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१

Sagarmatha Post
Sagarmatha Post १० भाद्र २०८१, सोमबार
2 Min Read
Aa

लालबन्दी, सर्लाही लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत ‘बोरा’ आख्यानले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१’ हात पारेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति ‘बोरा’ सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट दश कृतिहरू २०८१ साउन १३ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।  ‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१’ लामो समयदेखि पत्रकारिता गर्दै आएका शङ्‌कर श्रेष्ठले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.२५ हजार र  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१ (राष्ट्रिय) को पुरस्कार राशि  रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । पुरस्कारहरू वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिने छ। साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ पत्रकार रोचक घिमिरेलाई लालबन्दी नगर वाङ्‌मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्‍न पुगेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ। नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए। पुरस्कारको राशि रु. ५० हजार र सम्मान पत्र रहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्