धादिङमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते

Sagarmatha Post
Sagarmatha Post ११ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्