काठमाडौं, सामाजिक संजाल, Facebook, Whatsapp लगायतका Apps हरुको दुरुपयोग गरी पीडितहरुलाई थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको निजको नाममा थाइल्याण्ड स्थित Siam कमर्सियल बैंकको खातामा ८५,००,०००- (अमेरिकी डलर) रहेको निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न तपाईको थर मिल्ने रहेछ, तपाईलाई उत्तराधिकारी बनाई सो रकम निकाली दिन्छौ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरि जम्मा रु. ९९,६४,७००।- ( अक्षरेपि उनान्सय लाख चौसठ्ठी हजार सात सय मात्र) रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको रोहित रन्जन यादवलाई मिति २०८१।०५।०९ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ८ बाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।



प्रतिक्रिया दिनुहोस्