काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार महिला भलिबल टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दशरथ रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगर्न निर्देशन दिएका हुन् । उनले रङ्गशालामा खेल हुँदा मैदा हिलो हिलाम्मे हुनु दुःखद् भएको समेत बताए। ‘दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् हो,’ उनले भने, ‘रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउनुस्।’ प्रधानमन्त्री ओलीले आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय स्मरण गर्दै त्यसको कार्यान्वयन गरिने समेत प्रतिबद्धता दोहोर्याए । साथै उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न समेत युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस्