साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंकले घट्यो

Sagarmatha Post
Sagarmatha Post १३ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंकले घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा बन्द भएको थियो । आज ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने दुईको स्थिर रह्यो ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक २८.८२, विकास बैंक ६२.०६, होटल १३२.५०, वित्त ३४.०६, जलविद्युत ४.७८, जीवन बिमा २८८.८१, उत्पादन तथा प्रशोधन ७१.२६, माइक्रोफाइनान्स १०५.११, निर्जीबन बिमा २५२.३३, ट्रेडिङ समूहको उपसूचक २६.४९ अंकले घटेको छ । कारोबारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ को घटेको छ । बजार राताम्मे बन्दा कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्