आफुलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक बताई लुटपाट गर्ने व्यक्ति पक्राउ

Sagarmatha Post
Sagarmatha Post १४ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ११ स्थायी वतन भई हाल का.जि. डल्लु बस्ने तिर्थ लाल तामाङलाई आफु प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको प्रहरी निरीक्षक हुँ भनि सुनको १ तोलाको सिक्री र नगद रु. ६७,०००।- समेत लिई फरार भएको घटना अनुसन्धानको क्रममा जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं. ०४ स्थायी वतन भई हाल का.जि. का.म.न.पा. ८ कालोपुल बस्ने प्रेम सिंह तामाङको छोरा वर्ष २५ को सुमन तामाङ भन्ने मिङमार तामाङ् रहेको भनि खुल्न आएकोमा यस कार्यालबाट खटिएको प्रहरी टोलीले निज सुमन तामाङ भन्ने मिङमार तामाङ र ठगी गरेको सुनको सिक्री खरिद गर्ने जिल्ला बाग्लुङ काटेखोला गाउँपालिका वडा नं. २ घर भई हाल का.जि. टोखा न.पा वडा न ९ गंगबु स्थित बाग्लुङ भगवती सुन चाँदी पसल संचालन गरी बस्ने बर्ष ६३ को बल बहादुर सुनार समेतलाई मिति २०८१/०५/१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी प्रहरी परिसर काठमाण्डौं पठाइएको ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्