सन्तनेता कृष्णप्रसाद भट्टराई जन्म-शताव्दी वर्षको अवसरका स्थापित केन्द्रको प्रथम साधारण सभा सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १६ भाद्र २०८१, आईतवार
3 Min Read
Aa

काठमाडौं । पूर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक एवम् काँग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको स्मृतिमा हालै स्थापना भएको ‘‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’’ को प्रथम वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भयो । सन्तनेता कृष्णप्रसाद भट्टराई जन्म-शताव्दी वर्षको अवसरका स्थापित केन्द्रको प्रथम साधारण सभाको समुद्घाटन नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पानसमा दीप प्रज्वलन गर्दै गर्नु भएको थियो ।
पूर्व गृहराज्य मन्त्री एवम राष्ट्रिय सहकारी विकास वोर्डको अध्यक्ष रहिसक्नु भएका प्रमुख अतिथि दीपकप्रकास बाँस्कोटाले सन्तनेता कृष्णप्रसाद भट्टराईसंगका आफ्ना रोचक प्रसङ्गहरू उल्लेख गर्दै किसुनजीले आफ्नो राजनीतिक जीवनमा अध्यात्मलाई पनि संगसंगै लिएर जानुभएकोले नै उहाँको सदाचार जीवन थियो भन्नुहुँदै किसुनजी जस्तो महान नेताको नाममा स्थापित संस्थाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै महर्षी वैदिक फाउण्डेसनले ‘वसुधैव कुटुम्वकम’ आधारमा वैदिक पद्धतिलाई सिकेर अगाडी बढ्ने खाँचो औंल्याउदै आँफु पनि सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको आजिवन सदस्य वनेर यो संस्थासंग जोडिने र केन्द्रका साथीहरूलाई महर्षी वैदिक फाउण्डेसनका गतिविधिमा हिस्सा लिन आह्वान गर्नुभयो ।
अधिवेशनमा राष्ट्रिय सभा सदस्य माननीय विष्णुकुमारी सापकोटा, संसदका पूर्व महासचिव मनोहरप्रसाद भट्टराई, त्रि वि.का पूर्व उपकुलपति एवम शिक्षा विद् डा. तीर्थराज खनिया, इतिहास एवम् संस्कृति विद् डा. रमेशकुमार ढुङ्गेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द्रराज पोखरेल, राजनीतिज्ञ खेमराज सेढाईं, पत्रकार एवम् मानवअधिकार कर्मी कृष्ण कंडेल लगायतले किसुनजीको जीवन र व्यक्तित्वका विधि पाटोमाथि प्रकास पार्दै आज किसुनजीले बनाएको संविधानलाई भाँचेर किसुनजीको ढाड भाँच्ने काम भएको छ । किसुनजीको जीवन र विचारबाट समाज र राष्ट्रले सिक्नु पर्ने थियो तर दुर्भाग्य त्यसो हुन सकेन । त्यसैले देशमा चरम निराशा र अनिश्चितता बढेको छ । किसुनजीको जीवनबाट सिक्दै राजनीतिमा नैतिकता, सदाचार र आदर्श भर्न सकियो भने मात्र राजनीतिलाई सहि बाटोमा ल्याउन सकिन्छ भन्नुहुँदै केन्द्रले भविष्यमा गति लिन सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालको अध्यक्षतामा वसेको साधारण सभामा केन्द्रका महासचिव उद्धवराज पौड्याल वार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष शंभु ठाकुरले तयार पारेको आय व्यय प्रतिवेदन सहितको लेखापरिक्षक प्रतिवेदन, वरिष्ठ अधिवक्ता वालचन्द्र आचार्य द्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई साधारण सभाले सर्वसम्मतिले पारित गरेको थियो । साधारण सभाले मौजुदा कार्यसमितिलाई आगामी कार्यकालका लागि समेत काम गर्न सर्वसम्मतिले अनुमोदन गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्