तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एकजना बेपत्ता

Sagarmatha Post
Sagarmatha Post १९ भाद्र २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौँ,  काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मङ्गलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।  मङ्गलबार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्