बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदै

Sagarmatha Post
Sagarmatha Post १९ भाद्र २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं ।  बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्। मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, जसका लागि उनीहरू भदौ २२ मा नेपाल आइपुग्ने छन् । निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शम्भाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए। त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो। यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुनेछन्,’ फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए ।

‘शम्भाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

Bollywood stars Nawazuddin Siddiqui and Anurag Kashyap are coming to Nepal for the premiere of Shambhala on September 8, 2024, in Kathmandu. Siddiqui, known for his standout roles in Gangs of Wasseypur and The Lunchbox, and Kashyap, the director of Gangs of Wasseypur, are big names in Indian cinema, and their presence is sure to draw attention.

Shambhala, directed by Min Bahadur Bham, has already gained international recognition. The film’s lead actress, Thinley Lhamo, won the Boccalino d’Oro Prize at the Locarno Film Festival, highlighting the movie’s impact on global audiences. Set in Nepal’s stunning landscapes, the film explores deep themes of cultural identity and resilience.

With its public release on September 13, 2024, Shambhala is expected to captivate audiences across Nepal. The star-studded premiere is sure to create excitement, encouraging more people to watch this powerful film.

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्