काठमाडौं । सेयरबजारमा आज ठूलो अंकको गिरावट देखिएको छ । नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा आइपुगेको हो । योसँगै बजारमा १२ अर्ब ९२ करोड बढीको सेयर खरिदबिक्री भएको छ । २ करोड ६५ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । आजको कारोबारले लगानीकर्ताको सक्रियता देखाए पनि सूचक भने ओरालो लागेको हो । आजको कारोबारमा ३१ कम्पनीको मूल्य बढे पनि २१३ कम्पनीको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
बुधबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो । यी कम्पनीका लगानीकर्ताले क्रमशः ६०.४०, १९४.३०, १२२ र २८१.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज एक कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कुमारी इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको हो।
कारोबारतर्फ आज नेपाल फाइनान्सको साढे ३० करोड, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २९ करोड, एनएलजी इन्स्योरेन्सको २८ करोड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्