काठमाण्डौं, प्रतिवादी लक्ष्मण प्रसाद चौरसिया समेतका चार जना व्यक्तिहरूले जिल्ला पर्सा, साविक बहुअर्वा गा।बि।स। वडा नं। ५ बस्ने ढोडा मुखिया विनलाई निजको घरबाट जग्गाको बिषयमा छलफल गर्ने भनी बोलाई चिउडो मुनी घाटीको भाग समेतमा पर्ने गरी कट्टा पेस्तोलले दुई राउण्ड गोली प्रहार गरी हत्या गरे पछी मिति २०६४र०१र२६ गते विहान, जिल्ला पर्सा, साविक अमरपट्टी गा।बि।स। वडा नं। ६ मा मृतक व्यक्ति ढोडा मुखिया विनको शव फेला परेको भन्ने वारदातमा मृतक ढोडा मुखिया विन र अर्को एकजना व्यक्तिले एउटै जग्गा खरिद गर्नका लागि एउटै जग्गा धनीलाई दिएको वैना रकमबाट उत्पन्न जग्गा खरिद तथा वैना रकम सम्बन्धी विवादका कारण सो रकम फिर्ता गर्न नपरोस भन्ने मनसायले जग्गा धनी समेतका प्रतिवादीहरुले मिलोमतो गरी गोली हानी ढोडा मुखिया विनको हत्या गरेको भन्ने समेत खुल्न आएको कर्तब्य ज्यान मुद्दामा वारदात पश्चात नेपालबाट भागी फरार भई रक्सौल, भारतमा लुकिछिपि बस्दै आईरहेको प्रतिवादी लक्ष्मण प्रसाद चौरसियालाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल आउने क्रममा १७ बर्ष पछी मिति २०८१र०५र१९ गते जिल्ला पर्सा बिरगंज म।पा। वडा नं। १६ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको व्यहोरा सूचित गरिन्छ ।
मृतकको भाई नाता पर्ने गरीब मुखिया विनको जाहेरीले उल्लेखित वारदात भएको कर्तब्य ज्यान मुद्दामा सम्मानित सर्वोच्च अदालतले मिति २०६९र०७र२४ मा प्रतिवादी लक्ष्मण प्रसाद चौरसियालाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३९१० नंवर बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गर्दै फैसला गरेकोमा सो कार्यान्वयनको लागि निजलाई मिति २०८१र०५र२० गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।
पक्राउ प्रतिवादीको विवरण
नामस्( लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मणप्रसाद चौरसिया ।
उमेरस्( ४९ बर्ष ।
वतनस्( जिल्ला पर्सा साविक बहुअर्वाभाठा ३ को परिवर्तित विन्दवासिनी गा।पा। वडा नं। २ ।
पक्राउ स्थानस्( जिल्ला पर्सा बिरगंज म।पा। वडा नं। १६ ।


प्रतिक्रिया दिनुहोस्