काठमाडौँ । नेपाल स्थित अमेरिकन दुतावासमा Electronic Diversity Visa (EDV) प्रयोजनको लागि SEE र १०+२ को नक्कली Mark Sheet, Academic Transcript बनाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०८१।०५।२१ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास नजिकबाट निम्न व्यक्तिहरुलाई नक्कली Mark Sheet, Academic Transcript लगायतका कागजात सहित नियन्त्रणमा लिई लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा पठाइएको ।
पक्राउ व्यक्तिहरु:
१. जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ घर भई हाल ऐ.ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ ईमाडोल बस्ने बर्ष ३२ कि गोमा पाण्डे ।
२. जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं.१० घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली बस्ने बर्ष २८ को अनिल कुमार महतो।
३. जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ८ घर भई हाल जिल्ल ललितपुर ल.पु.म.न.पा. ईमाडोल बस्ने बर्ष ५० को गोपाल प्रसाद घिमिरे ।
४. जिल्ला सखुवासभा खाँदवारी न.पा. वडा नं.९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.५ बस्ने बर्ष ४३ को सुवास ढकाल .



प्रतिक्रिया दिनुहोस्