काठमाडौँ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो । प्रतिनिधि सभाको बैठकमा सो विधेयकमाथि छलफलपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित भएको घोषणा गर्नुभयो । सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण भएको मितिले ३१ औँ दिनबाट प्रारम्भ हुनेछ । यो विधेयक पारित भएसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी नयाँ स्वरूपको सार्वजनिक सेवा प्रसारण संस्था सञ्चालन गर्ने बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ २६ गते बुधबार दिउँसो १ बजे बस्ने छ ।
प्रतिनिधि सभाबाट सार्वजनिक सेवा प्रसारण विधेयक २०८१ बहुमतले पारित


प्रतिक्रिया दिनुहोस्