अनेसास बोस्टन च्याप्टर युएसएले बिशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने

Sagarmatha Post
Sagarmatha Post २६ भाद्र २०८१, बुधबार
2 Min Read
Aa

बोस्टन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले बिशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) को सामुदायिक भवनमा एक कार्यक्रम आयोजना गरि भेटघाट स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको हो ।
बिशिष्ट अभिनेता नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकार, चलचित्र बिकास वोर्डका पूर्व अध्यक्ष, बिशिष्ट चलचित्रकर्मी, लेखक, निर्देशक, नायक कृष्ण मल्ल, बिशिष्ट अभिनेत्री शर्मिला मल्ल, बिशिष्ट अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ट कलाकार रवीन्द्र खड्का, बरिष्ट देउडा गायक नन्दकृष्ण जोशी, लोकप्रिय अभिनेत्री केकी अधिकारी, निर्माता मोहनकृष्ण श्रेष्ठ, चर्चित हास्य कलाकार सन्दीप क्षेत्रि, निर्देशक डा. घनश्याम खतिवडा र नायक संजय खतिवडालाई अनेसास बोस्टन च्याप्टरले भेटघाट स्वागत सम्मान गर्न लागिएको कार्यक्रमकी संयोजक साहित्यकार कवि गीतकार तथा चलचित्र निर्माता अनु शाहले जानकारी गराउनुभयो ।
चलचित्र, गीत संगीत, नाटक र कलाकारिता प्रत्यक्षरुपमा साहित्यसँग जोडिएको हुँदा र कलाकार समाजका दर्पण भएकाले साहित्यकारका साहित्यिक शब्दहरूलाई कलाकारिताद्वारा अभिव्यक्त गरिने हुँदा पनि साहित्य, चलचित्र र कलाकारिता एक अर्काको परिपुरक हुन् त्यसकारण पनि नेपालका प्रख्यात कलाकारहरूलाइ बोस्टन निवासी सम्पूर्ण नेपाली समुदायहरूसँग साक्षात्कार गराउने, पर्दामा मात्र देखिएका कलाकारसँग प्रत्यक्ष भेटघाट गराउने र बर्षौदेखि टाढा भएका कलाकार र समुदायबीच एक अर्कामा पुनर्मिलन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले बताउनुभयो । कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको लागि निःशुल्क रहेको हुँदा आफ्नो मन पर्ने कलाकारहरूसँग भेटघाट गर्ने अवसर नगुमाउनसमेत अध्यक्ष पन्तले आग्रह गर्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्