डीएभीलाई स्कुल क्रिकेटको उपाधि

Sagarmatha Post
Sagarmatha Post २६ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम ले जितेको छ। भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबन स्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी ‘ए’ ले डीएभी स्कुल ‘बि’ टिमलाई पराजित गर्यो। फाइनलमा टस जितेर ब्याटिंग गरेको डीएभी ‘बि’ ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी ‘ए’ ले मात्र ४ ओभरमा विकेट नगुमाई पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। निर्धारित ६ ओभरको खेलमा डीएभी ‘बि’ ले ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।

प्लेयर अफ द फाइनल घोषित डीएभी ‘ए’ का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै ब्याटिंगतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए। यस अघि आजै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी ‘ए’ ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी ‘बि’ ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थीयो। प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी ‘ए’ का प्रसिद्ध जैसी घोषित भए भने उत्कृस्ट ब्याटर पनि जैसीनै घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए ।  भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टिमहरु सहभागी थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्